![पत्रकार हत्याको विरोधमा महासंघको प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/patrakar_mahasang_1_qoxkLPxiHd.jpeg)
राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ ।
स्थापना दिवसमा पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगितगरी महासंघले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
उनीहरूले पत्रकार सुरेश रजक हत्याको दोषीलाई कारबाही गर्, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्, प्रेसमाथिको आक्रमण निन्दनीय छ लगायत लेखेका प्लेकार्ड बोकेका थिए ।







