![एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे प्रचण्डसहित मोर्चाका नेता [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/samajbadi_aloknagar6_R1PZhoPOl3.jpg)
समाजवादी मोर्चाका नेताहरूले काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमन गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू शनिबार बिहान क्षतिको अवलोकन गर्न आलोकनगर पुगेका हुन् ।
अनुगमनमा प्रचण्डसहित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरू उपस्थित थिए ।

मोर्चाले कार्यालयमा भएको तोडफोडको भर्त्सना गरेको छ ।
शुक्रबार राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए ।


