१० साउन २०८३, आइतबार

राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने​

चैत १७, २०८१
काठमाडौं
राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने​

राजावादीहरूको संयुक्त आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने भएका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने जानकारी दिएका हुन्। 

'सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ,' संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।'

राजावादीहरूले गत शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका लागि कमान्डर तोकिएका दुर्गा प्रसाईं फरार छन्।

प्रदर्शन उग्र बनेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । साथै समिति संयोजक सुवेदीलाई नजरबन्दमा राखिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्