१९ असार २०८३, शुक्रबार

ईदका अवसरमा आज सार्वजनक बिदा

चैत १८, २०८१
काठमाडौं
ईदका अवसरमा आज सार्वजनक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

२०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । 

एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् ।

रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्