३० असार २०८३, मंगलबार

एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

चैत १८, २०८१
काठमाडौं
एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ ।

आइतबार भर्चुअल रूपमा सम्पन्न समितिको १३ औँ बैठकले त्यस्तो निर्णय गरेको हो ।  

यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा  अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार २३ः५९ सम्म) उच्चस्तरीय समितिको  वेबसाइट  धधध.लचलबजअि.अयm  मा गएर सदस्यताका लागि आवेदन दिन पाइने  छ ।

बैठकले  अहिलेको विशेष परिस्थितिका कारण  एमआइएस सिस्टममा दर्ता  भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरूलाई पनि अनिवार्यरुपमा  उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनु पर्ने निर्णय गरेको छ  ।

साथै, बैठकले आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रूपमा भाग लिने  प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि सुरु गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनमा डेलिगेट्सको रूपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरुले  अप्रिल २२, २०२५  सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने छ ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व  र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए  । त्यस्तै आर्थिक, विधान, सदस्यता वितरण एवम् प्रचार प्रसार उपसमितिका संयोजकहरूले आआफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए  ।

उच्चस्तरीय समितिको १३औँ बैठकमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुले मे महिनामा काठमाडौँमा हुने महाधिवेशनलाई सफल बनाउन  सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए  । साथै, विधानमा उल्लेखित कार्यक्षेत्र (टिओआर) को विषयमा सहजीकरण गर्न उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरलाई जिम्मा दिने निर्णय गरिएको छ ।

एनआरएनए उच्चस्तरीय समितिले  समस्त गैर आवासीय नेपालीहरुलाई सदस्यता प्रक्रियामा सहभागी हुन तथा महाधिवेशनको तयारीमा सहयोग गर्न आग्रह पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्