
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपाले संसद्मा होहल्ला गरेको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर आपत्ति जनाएका थिए ।
ओलीले पूर्वराजाको विषयमा बोल्न थालेपछि ज्ञनेन्द्र शाही उठेर आपत्ति जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसदलाई रोक्न खोजेका थिए ।
राप्रपाका सांसदहरू उठेर विरोध जनाएपछि ओली आक्रोशित बनेका थिए– ‘यहाँ संविधान मास्ने काम भइरहेको छ, नियमावलीको के कुरा ?’
ओलीले आपराधिक घटनामा पूर्वराजा शाहले पनि उन्मुक्ति नपाउने बताए ।