२९ जेठ २०८३, शुक्रबार

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

चैत १८, २०८१
काठमाडौं
संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सोमबार सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । 

सो विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त भएको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबारै ३० मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्