३० जेठ २०८३, शनिबार

स्याङ्जामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

चैत १८, २०८१
काठमाडौं
स्याङ्जामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

स्याङ्जामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । 

पुतलीबजार नगरपालिका-११ जाँडखोला उनियाचौरस्थित माझीडाँडा जंगलबाट एकनाले भरुवा बन्दुक १ थानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-१० धिमाटी बस्ने ४४ वर्षीय खर्कबहादुर गुरुङ र सोही नगरपालिका-११ फापरथुम बस्ने ४३ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्