
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार भैंसेपाटीबाट नियन्त्रणमा लिएको हो ।
चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गर्नेलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गरिरहेको छ ।
यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । कमाण्डर प्रसाईं भने हालसम्म फरार छन् । प्रहरीले उनको खोजी तीब्र पारेको छ ।