२३ जेठ २०८३, शनिबार

राप्रपाका बोहराले चुनाव जितेको रुपन्देही ३ मा यस्तो थियो गत निर्वाचनको प्रतिस्पर्धा

चैत १९, २०८१
काठमाडौं
राप्रपाका बोहराले चुनाव जितेको रुपन्देही ३ मा यस्तो थियो गत निर्वाचनको प्रतिस्पर्धा

रुपन्देही ३ मा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हराएर राप्रपाका दीपक बोहरा विजयी भएका थिए । एमालेसँग तालमेल गरेका बोहरा २६८१ मतान्तरले विजयी भएका थिए ।

उनले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । बोहराले बहालवाला गृहमन्त्रीलाई पराजित गरेका थिए ।

राप्रपाबाट विजयी भएका बोहराको मंगलबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि भाषण नै नगरी बोहराले चुनाव जितेका थिए ।

पराजित भएका खाँण यतिखेर नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लाने ठगीको मुद्दा खेपिरहेका छन् । 

८४ हजार ८७ मतमा  बोहराले ४३.६७ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानका बालकृष्ण खाँणको ४०.४८ प्रतिशत मत आएको थियो । 

२०७९ को निर्वाचनमा रुपन्देही १, २, ४ र ५ कुनैमा पनि राप्रपाले उम्मेदवारी दिएको थिएन । तर ३ मा बोहोरालाई एमालेले समर्थन गरेको थियो ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत प्राप्त गरेका थिए । 

नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारूले ४ हजार ७५१ मत, जनमत पार्टीका प्रमोद कुमार राउले ३,३१७ मत प्राप्त गरेका थिए । 

प्रतिनिधिसभाको अवधि ६ महिना बाँकी रहँदासम्म मृत्यु वा अन्य कुनै कारणले सदस्य रिक्त भए उपनिर्वाचन गर्नुपर्ने प्रावधान निर्वाचन कानुनमा उल्लेख । 

अन्य उम्मेदवार कसले कति मत ल्याएका थिए ?

प्रख्यात बन्जाडे (हाम्रो नेपाली पार्टी) – १,३८४ मत
केशवविक्रम खड्का (स्वतन्त्र) – १,०५६ मत
मोजीब अलि मुसलमान (राष्ट्रिय जनमुक्ति पार्टी) – ५५१ मत
तेजकुमारी आले (मंगोल नेशनल अर्गनाइजेसन) – २१९ मत
सरस्वती धोवी धवल (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) – १४१ मत

सरु विक (नेपाल मजदुर किसान पार्टी) – ५६ मत
गुडिया पथरकट्ट (स्वतन्त्र) – ३४ मत
इशरात अली फकिर (स्वतन्त्र) – ३२ मत
नरेशबहादुर क्षेत्री (स्वतन्त्र) – २० मत
राजीव शाही (स्वतन्त्र) – १७ मत

लालबहादुर राना (गान्धीवादी पार्टी नेपाल) – १५ मत
रमेश गैरे (स्वतन्त्र) – १४ मत
देवराज न्यौपाने (स्वतन्त्र) – १४ मत
नबाब मुसलमान (स्वतन्त्र) – १३ मत
नारायणप्रसाद शर्मा (स्वतन्त्र) – ११ मत

घनश्याम भट्टराई (स्वतन्त्र) – १० मत
जीवकान्त काफ्ले (स्वतन्त्र) – ८ मत

salt training

कमेन्ट गर्नुहोस्