२५ असार २०८३, बिहीबार

पौडी खेल्ने क्रममा डुबेर मकवानपुरमा तीन बालकको मृत्यु

चैत १९, २०८१
काठमाडौं
पौडी खेल्ने क्रममा डुबेर मकवानपुरमा तीन बालकको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित कुलेखानी खोला नजिकै पानी जमेको दहमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने सुन्दर आचार्यको छोरा १५ वर्षीय सुशान्त आचार्य, काभ्रे नमोबुद्ध नगरपालिका-१० फूलबारी दाप्चा घर भएका उमेश घोरासैनीको छोरा १४ वर्षीय प्रवेश घोरासैनी र उनकै भाई ११ वर्षीय प्रभात घोरासैनी रहेका छन् । 

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनीहरूको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्