२७ जेठ २०८३, बुधबार

हितेन्द्रदेव र कुलमान दुवैको रिट हेर्दाहेर्दैमा

चैत १९, २०८१
काठमाडौं
हितेन्द्रदेव र कुलमान दुवैको रिट हेर्दाहेर्दैमा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबार बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो ।

शाक्यले पहिले आफ्नो विचाराधीन रिट टुंगो लगाइनुपर्ने भन्दै रिट दिएका छन् भने घिसिङले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गर्नुपर्ने मागसहित रिट दिएका छन् ।

अदालतले दुवै रिटलाई एक साथ राखेर सुनुवाइ थालेको छ । 

सरकारले चैत ११ गते कुलमानलाई बर्खास्त गरेर हितेन्द्रलाई प्राधिकरणको कार्यकारी बनाएको थियो ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्‌मा जवाफ दिँदै एक जना कर्मचारी नियुक्तिको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज नभएको बताएका थिए ।

प्रधानमन्त्री ओलीको जवाफपछि कुलमानको विषयलाई लिएर भइरहेको संसद्को अवरोध हटेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्