०२ साउन २०८३, शनिबार

एमाले सांसदलाई मुख्यमन्त्री कँडेलको निर्देशन- जनताका कुरा सुन्न अब गाउँ फर्किनुहोस्

चैत १९, २०८१
सुर्खेत
एमाले सांसदलाई मुख्यमन्त्री कँडेलको निर्देशन- जनताका कुरा सुन्न अब गाउँ फर्किनुहोस्

नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं मुख्यमन्त्री यामलाल कँडेलले सांसदलाई अब जनताका कुरा सुन्न तत्काल गाउँ फर्किन निर्देशन दिएका छन् ।

संसदीय दलको कार्यालय कर्णाली प्रदेशसभामा मंगलबार बसेको दलको बैठकमा उनले सरकार बजेटको तयारीमा लाग्ने र एमालेका अन्य सांसदहरूले आफ्नो जिल्लामा गएर योजनाको अनुगमन गर्ने, योजना छनोट गर्नेदेखि जनताका पीर मर्का बुझ्नुपर्नेमा जोड दिए ।

‘मुख्यमन्त्रीज्यूले हामीलाई अब गाउँ फर्कन निर्देशन दिनुभएको छ । उहाँले योजना छनोटको नयाँ कार्यविधि अनुरूप योजना सिफारिस गर्न निर्देशन दिनुभयो’, एमाले प्रमुख सचेतक टेकराज पछाईंले भने, ‘त्यसका अलवा प्रदेशसभाको हिउँदे अधिवेशनको बारेमा गम्भीर समीक्षा समेत दलको बैठकमा भएको छ ।’

उनका अनुसार प्रदेसभाको हिउँदे अधिवेशनमा यसपटक सातवटा विधेयक पारित गर्नु ऐतिहासिक काम भएको एमालेको निष्कर्ष छ ।

salt training

कमेन्ट गर्नुहोस्