२३ जेठ २०८३, शनिबार

भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ

चैत १९, २०८१
काठमाडौं
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
बरामद गरिएका ल्यापटप ।

दुबईबाट भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-९ गौशला बत्तीसपुतलीबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा महोत्तरी बलवा नगरपालिका-१२ का २८ वर्षीय राकेश गिरी, पाल्पाको रम्भा गाउँपालिका-१ का ४१ वर्षीय ताराबहादुर रेस्मी मगर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ की ३५ वर्षीय कमला फियाक, मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई हाल काठमाडौं सीतापाइला बस्ने २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी रहेका छन् ।

यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई सीतापाइला बस्ने चित्रबहादुरको छोरा २४ वर्षीय हुकुमबहादुर मल्ल, उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी र मोरङको विराटनगर महानगरपालिका-१५ घर भई हाल काठमाडौं कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् । 

यीमध्ये कोही दुबईबाट सामान ल्याउने, कोही नेपालमा रिसिभ गर्ने र दुबईबाट सामान मगाई पसल सञ्चालन समेत छन् ।

उनीहरूको साथबाट डेल कम्पनीको ल्यापटप ७२ थान, आईफोन प्रोम्याक्स १६ एक थान र आईफोन प्रोम्याक्स १३ चार थान बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।   

salt training

कमेन्ट गर्नुहोस्