१९ असार २०८३, शुक्रबार

दीपक बोहोराको पार्थिव शरीर राप्रपा कार्यालयमा, श्रद्धाञ्जली दिन को-को पुगे ? [तस्वीरहरू]

चैत २०, २०८१
काठमाडौं
दीपक बोहोराको पार्थिव शरीर राप्रपा कार्यालयमा, श्रद्धाञ्जली दिन को-को पुगे ? [तस्वीरहरू]

मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं सांसद दीपक बोहोराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय चाबहिलमा राखिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका बोहोराको उपचारका क्रममा मंगलबार काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । बोहोराको शव मंगलबार नै गृहनगर भैरहवा लागेर बुधबार काठमाडौं ल्याइएको थियो ।

बुधबार उनलाई श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपसभामुख इन्दिरा राना मगर, नेकपा एमालेका सचिव योगेश भट्टराई, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, एमाले सांसद सुहाङ नेम्वाङलगायतका नेताहरू राप्रपा कार्यालय पुगेका थिए । 

बोहोराको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । 

null

null

null

null

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्