३१ असार २०८३, बुधबार

तीनकुने घटनाका थप सात आरोपी पक्राउ

चैत २०, २०८१
काठमाडौं
तीनकुने घटनाका थप सात आरोपी पक्राउ

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव लगायतका अपराध गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । 

राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेम थापा मगर रहेका छन् ।

यसैगरी, आपराधिक उपद्रव कसुर अन्तर्गत ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१, गौरादह घर भएका २१ वर्षीय समीर मगर, रामेछापको सुनापाति गाउँपालिका-१ घर भएका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङको फुङलिङ नगरपालिका-३ घर भएका २३ वर्षीय सुशील बराल छन् ।

यसैगरी, यही कसुरमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछामको पञ्चदेवल नगरपालिका २० वर्षीय गोकर्ण शाही र संखुवासभाको पाँचखपन नगरपालिका-२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका छन् ।  

उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट सात दिनको मिलान म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्