०३ असार २०८३, बुधबार

रुपन्देहीमा हुलासको पहिलो सर्भिस सेन्टर

चैत २१, २०८१
बुटवल
रुपन्देहीमा हुलासको पहिलो सर्भिस सेन्टर

नेपाली स्टील इण्डष्ट्रिजमा अग्रणी मानिने हुलास स्टीलले रुपन्देहीमा आफ्नो पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

नारायणी पश्चिम क्षेत्रका उपभोक्तालाई आवश्यकताअनुसार छिटो सेवा दिने गरी तिलोत्तमा नगरपालिका– ९ मंगलापुरमा पहिलो सर्भिस स्थापना गरिएको कम्पनीले जनाएको छ ।

रुपन्देहीको भट्टराई हार्डवेयर एन्ड सप्लायर्स प्रालिसँग ‘टाइअप’ गरी ३ करोड सञ्चालनमा आएको सर्भिस सेन्टरको बिहीबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्‌घाटन गरे । 

सो अवसरमा नगर प्रमुख खाँणले सर्भिस सेन्टरसहितको उद्योगलाई आवश्यक पर्ने सुविधासहित संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताए । 

null

सर्भिस सेन्टरबाट उपभोक्ताको आवश्यकता अनुसारका साइजमा ‘क्वीक’ सर्भिस दिइने सर्भिस सेन्टरका चिफ फाइनान्स अफिसर सुनील मनोल जैनले बताए ।

उनले विश्वासिलो एवं लोकप्रिय अत्याधुनिक प्रविधिको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासको लागि महत्त्वपूर्ण भूमिका आएको बताए । 

रुपन्देही उद्योग र सबै क्षेत्रको सेन्टर ठाउँ भएकोले पहिलो सर्भिस सेन्टर आफूहरूले रुपन्देहीलाई रोजेको उनको भनाइ छ ।

हुलासले नेपालमा पहिलोपटक आल्मुनियम कोटड ग्याल्भलुम प्रविधियुक्त जस्ता पाता उत्पादन गर्दै आइरहेको छ ।​​

भट्टराई हार्डवेयरका सञ्चालक दीपक भट्टराईले हुलाससँगको लामो सम्बन्धबाट आफूहरू सर्भिस सेन्टरमा पनि जोडिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्