०६ साउन २०८३, बुधबार

अपहरणमा परेकी बालिकाको उद्धार

चैत २१, २०८१
सुनसरी
अपहरणमा परेकी बालिकाको उद्धार

सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी ती बालिकाको आज  उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। खेलिरहेकी बालिकालाई अपरिचित व्यक्तिले सफारी रिक्सामा चढाएर अपहरण गरी लगेको सूचना पाएपछि प्रहरी खोजी गर्दा कोसी गाउँपालिका–८ कोसी ब्यारेज नजिकबाट उद्धार गरिएको उनले बताए । 

अपहरण गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जीतेन्द्र साह (हलुवाई) लाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्