१९ असार २०८३, शुक्रबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

चैत २६, २०८१
बैतडी
भरुवा बन्दुकसहित १ जना पक्राउ

बैतडीमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका- २ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा छन् ।

उनलाई दशरथचन्द नगरपालिका- २ दल्लाबाट ​१ थान भरुवा बन्दुकसहित सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्