२२ असार २०८३, सोमबार

उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

चैत २७, २०८१
काठमाडौं
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मङ्गलबार राति ९ बजे आगलागी भएको हो ।

बुधबार बिहान ३ बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ ।

नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ । सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए ।

त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्