
चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स १० खर्ब नाघेको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ ।
फागुन महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ पुगेको छ ।