२५ जेठ २०८३, सोमबार

फैसलाको १२ वर्षपछि खुमबहादुर खड्काको सम्पत्ति जफत गर्दै सरकार

चैत २७, २०८१
काठमाडौं
फैसलाको १२ वर्षपछि खुमबहादुर खड्काको सम्पत्ति जफत गर्दै सरकार

अदालतले फैसला गरेको १२ वर्षपछि सरकारले नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सम्पत्ति जफतको प्रक्रिया अघि बढाएको छ । 

गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्च अदालतको फैसला बमोजिम खड्काको जग्गा जफतको प्रक्रिया अघि बढाएको हो । 

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला गरेको थियो ।

खड्काको सानेपामा रहेको १ रोपनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रूपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो । फैसला बमोजिमको रकम भने असुल उपर भइसकेको छ ।

सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै उनको सम्पत्तिमध्ये मूल्यांकनको समयमा ९४ लाख ७४ हजार रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको बताएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्