१९ असार २०८३, शुक्रबार

प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौं : उपप्रधानमन्त्री सिंह

चैत २८, २०८१
काठमाडौं
प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताएका छन् । 

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले प्रचारबाजीका लागि मात्र नभइ जनताले महसुस गर्नेगरी काम गरेर देखाउने समय आएको बताए ।

‘जेजति योजना हामीले अहिले सम्पन्न गरेको छौं । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ’, उनले भने ।

उपप्रधानमन्त्री सिंहले बागमती नदी किनारमा रहेका मन्दिरको पुनःनिर्माण र जिर्णोद्वार गरिएको जानकारी दिए । धेरै सम्पदा रहेको बागमती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भएपनि काम प्रभावकारी हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । 

हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिए ।

त्यसैगरी, उनले नदीहरूको करिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए । 

उनले भने, ‘हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउने हो । त्यसका लागि योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन ।’    
 

salt training

कमेन्ट गर्नुहोस्