३१ जेठ २०८३, आइतबार

तीनकुने क्षेत्रमा आगजनी गरेको आरोपमा थप तीन जना पक्राउ

चैत २८, २०८१
काठमाडौं
तीनकुने क्षेत्रमा आगजनी गरेको आरोपमा थप तीन जना पक्राउ

काठमाडौंको तीनकुनेमा यही चैत १५ गते विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूपन्देहीको बुटवल घर भएर ललितपुर हात्तीवन बस्ने शिशिर जिसी, कैलाली धनगढी घर भएका दण्डपानी रेग्मी र सर्लाही घर भएका मनोज कुमार सापकोटा छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहोराका अनुसार सीसीटीभी मनिटरिङ र अन्य सामाजिक सञ्जालमा आएका भिडियो निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

उनीहरूविरुद्ध संगठित अपराध र आपराधिक उपद्रवमा म्याद थप लिई अनुसन्धान भइरहेको एसपी बोहोराले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्