०३ असार २०८३, बुधबार

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

चैत २९, २०८१
खोटाङ
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् ।  

छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ। कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको प्रहरीले जनाएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बनेको आफन्तले बताएका छन् । 

स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमाया बेहोस भेटिएकी थिइन् ।

देविकाको भने अत्तालिएर ठोक्किँदा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिए । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । 

देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याएको प्रवक्ता बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्