२२ असार २०८३, सोमबार

जेलेन्स्कीको दाबीमा चीनको आपत्ति- गैरजिम्मेवार बयान जारी नगर्न चेतावनी

चैत २९, २०८१
काठमाडौं
जेलेन्स्कीको दाबीमा चीनको आपत्ति- गैरजिम्मेवार बयान जारी नगर्न चेतावनी

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दाबीप्रति आपत्ति जनाएका छन् । 

भोलोडिमिर जेलेन्स्कीले बुधबार युक्रेन विरुद्धको युद्धमा कम्तिमा १५५ चिनियाँ नागरिकहरू रूसको तर्फबाट लडिरहेको दाबी गरेका थिए । 

समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको दाबीपछि चीनले बिहीबार प्रतिक्रिया जनाएको छ र यसलाई 'गैरजिम्मेवार टिप्पणी' भनेको छ।

'म दोहोर्‍याउन चाहन्छु कि चीन युक्रेनमा द्वन्द्वको प्रवर्द्धक होइन, न त चीन कुनै पनि द्वन्द्वमा भाग लिइरहेको छ। हामी यस संकटको शान्तिपूर्ण समाधानको दृढ समर्थक हौं,' एजेन्सीका अनुसार विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, 'हामी सम्बन्धित पक्षहरूलाई चीनको भूमिकालाई सही र गम्भीरतापूर्वक बुझ्न र गैरजिम्मेवार टिप्पणीहरू जारी नगर्न आग्रह गर्दछौं ।'

salt training

कमेन्ट गर्नुहोस्