२५ असार २०८३, बिहीबार
तीनकुने घटना

पक्राउ पर्दा पहेँलो टीसर्ट, कालो चस्मा र क्यापमा सजिएका थिए प्रसाईं

चैत २९, २०८१
काठमाडौं
पक्राउ पर्दा पहेँलो टीसर्ट, कालो चस्मा र क्यापमा सजिएका थिए प्रसाईं

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंलाई ​पक्राउ परेका छन् । भारतबाट पक्राउ परेका उनलाई नेपाल प्रहरीको विशेष टोलीले झापाबाट नेपाल भित्र्याएको हो ।

उनी पक्राउ पर्दाको तस्वीर लोकान्तरले प्राप्त गरेको छ । पक्राउ पर्दा उनी  पहेँलो टीसर्ट, कालो चस्मा र क्यापमा सजिएका थिए ।

बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको प्रहरीले जनाएको छ । 

प्रहरी महानिरीक्षकको कार्यालयका अनुसार उनलाई आजै काठमाडौं ल्याइँदै छ । उनलाई जहाजमा काठमाडौं ल्याउन लागिएको हो ।

प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ । 

चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो । 

प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा समेत लुटपाट गरेका थिए । प्रदर्शनका क्रममा प्रसाईंले बलपूर्वक प्रहरी घेरा तोड्दै भीडलाई उत्तेजित बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्