०३ असार २०८३, बुधबार

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही हुन्छ- मुख्यमन्त्री पाण्डे

चैत ३०, २०८१
तनहुँ
वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही हुन्छ- मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरूप स्थापना भएको वास्तविकता सुनाउँदै उनले त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताएका हुन् ।

व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३औं स्थापना दिवस कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए ।

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए ।

उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको बताए ।​ 

राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्