
नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ ।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।
आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा शुरू भएपछि खेल रोकिएको थियो ।
हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान अङ्क १/१ पाएका हुन् ।