
कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका- ३ भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले सञ्चालन गरेको सुदूरपश्चिम रेष्टुरेण्ट एन्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसहित १३ जना पक्राउ परेका हुन् ।
उनीहरूलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख १२ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास पनि बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।