०४ असार २०८३, बिहीबार

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ९ लाखसहित १९ वर्षीया युवती पक्राउ

चैत ३१, २०८१
काठमाडौं
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ९ लाखसहित १९ वर्षीया युवती पक्राउ

हुण्डीमार्फत् अवैध रूपमा रकम कारोबार गरेको आरोपमा एक युवती काठमाडौंको न्युरोड क्षेत्रबाट पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० वागडाँडाकी १९ वर्षीया  करिना देवकोटा रहेकी छन् । 

काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड इलाकामा हुण्डी कारोबार भइरहेको सूचनापछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनसेवाका प्रमुख, डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

पक्राउ परेकी देवकोटाको साथबाट प्रहरीले नगद ९ लाख रूपैयाँ, ६ लाख रूपैयाँको चेक एक थान र एक थान मोबाइल बरामद गरेको छ । उनी शंकास्पद गतिविधिमा संलग्न देखिएपछि खानतलासी गर्दा उक्त रकम फेला परेको डीएसपी चन्दले बताए । 

पक्राउ परेकी देवकोटामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्