१० असार २०८३, बुधबार

वीरगञ्ज महानगर क्षेत्रको कर्फ्यू हटाइयो, केही क्षेत्रमा निषेधाज्ञा

बैशाख १, २०८२
विरगञ्ज
वीरगञ्ज महानगर क्षेत्रको कर्फ्यू हटाइयो, केही क्षेत्रमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार राति १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिए । 

‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता नरहेको देखिएकाले राति १२ बजेदेखि हटाउने निर्णय गरिएको हो’, प्रजिअ अर्यालले भने । 

तर, अवस्था पूर्णरूपमा सामान्य नभएको भन्दै वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मका क्षेत्रभित्र आज सोमबारदेखि १ गतेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) अनुसार निषेधाज्ञा आदेश जारी गरिएको छ।

प्रजिअ अर्यालले निषेधाज्ञा आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

शनिबार बेलुका वीरगञ्जमा दुई समूहबीच झडप भएपछि सोही दिन बेलुका ६:३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्