०८ असार २०८३, सोमबार

प्रहरीका ६१ जना वरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस

बैशाख १, २०८२
काठमाडौं
प्रहरीका ६१ जना वरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस

नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षकहरू प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन्  । 

आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ सईहरूलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा सुदिप थापा रहेका छन् । यसैगरी, दोस्रोमा रबी घिमिरे, तेस्रोमा फणिन्द्र क्षेत्री, चौथोमा कृष्णराज सेढाईं र पाँचौमा हस्तबहादुर तामाङ छन् ।

उनीहरूलाई एक हप्तामा दर्ज्यानी चिह्न प्रदान गरेर पदस्थापन गरिनेछ । 

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्