१२ असार २०८३, शुक्रबार

संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ: वनमन्त्री शाही

बैशाख १, २०८२
काठमाडौं
संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ: वनमन्त्री शाही

 वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको संविधानले व्यवस्था गरेका अधिकार पूर्ण कार्यान्वयनले सबैखाले विभेदको अन्त्य हुने बताएका छन् । 

नेपाल–भारत दलितमैत्री सङ्घले आज आयोजना गरेको कार्यक्रममा उहाँले संवैधानिक अधिकारको पालना भए कसैले पनि विभेदको पीडा भोग्नुनपर्ने बताए । “समाजमा देखिएका विकृति, विसङ्गतीको अन्त्य गर्न, विभेदमा परेका समुदाय र वर्गलाई न्याय दिलाउन संविधानले धेरै व्यवस्था गरेको छ । त्यसको कार्यान्वयनको खाँचो छ । सरकार कानुन कार्यान्वयनमार्फत विभेद अन्त्यका लागि लागिपरेको छ”, मन्त्री शाहीले भने । 

संविधानले राज्यका सबै तह र निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै उनले सरकार सबै नागरिकका अधिकारको रक्षा गरी समाजलाई साझा फूलबारी बनाउने उद्देश्यका साथ अगाडि बढेको उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्