१४ असार २०८३, आइतबार
सुनुवाइमा सर्वोच्चको प्राथमिकता

५२ पदाधिकारीविरुद्धको रिटलाई संवैधानिक इजलासको प्राथमिकता, आइतबारलाई तोकियो अर्को पेसी

बैशाख ३, २०८२
काठमाडौं
५२ पदाधिकारीविरुद्धको रिटलाई संवैधानिक इजलासको प्राथमिकता, आइतबारलाई तोकियो अर्को पेसी

विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको रिटको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राथमिकता दिएको छ ।

बुधबार मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले हेर्दाहेर्दैमा राखेको छ । अर्को पेसी यही वैशाख ७ गते आइतबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल जानकारी दिए । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा बुधबार भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । 

२०७७ मंसिर ३० गते र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी सिफारिस गरेका थिए ।

त्यसपछि संसद् विघटन हुँदा उनीहरू संसदीय सुनुवाइविनै नियुक्त भएका थिए । 

संसदीय सुनुवाइ प्रक्रिया छलेर पदाधिकारी नियुक्त गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

यो पनि पढ्नुहोस्- संवैधानिक इजलासमा बहस : नियुक्ति खारेज भए अहिलेसम्म खाएको तलब–भत्ता के हुन्छ ?

salt training

कमेन्ट गर्नुहोस्