
पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
गत आव २०८०/८१ मा निगमले तीन खर्ब ५६ अर्ब ७२ करोड रुपियाँको इन्धन आयात गरेर एक खर्ब १२ अर्ब १७ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुुल्कबापत २९ अर्ब ३५ करोड रुपियाँ, मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ३३ अर्ब ९७ करोड सङ्कलन भएको छ ।
यस्तै वातावरण शुुल्कबापत दुुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुुरबापत चार अर्ब २ ९ करोड रुपियाँ सङ्कलन भएको छ । पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड, हरित करबापत एक अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २५ रुपियाँ २० पैसा भन्सार शुुल्क, चार रुपियाँ सडक मर्मत शुुल्क, १० रुपियाँ, एक रुपियाँ ३६ पैसा मूूल्य स्थिरीकरण कोषमा, एक रुपियाँ ५० पैसा वातावरण शुुल्क, मूल्य अभिवृद्धि कर १८ रुपियाँ र हरित करबापत एक रुपियाँ सङ्कलन गर्छ, गोरखापत्रमा खबर छ ।