२८ असार २०८३, आइतबार

नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

बैशाख ४, २०८२
काठमाडौं
नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

सरकारले नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ । 

बढुवा समितिको बैठकले ६ जना डीआईजीहरू क्रमशः चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

प्रहरी नियमावली अनुसार बढुवा समितिको अध्यक्षमा गृह सचिव, सदस्य सचिवमा प्रहरी महानिरीक्षक र सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । 

बढुवा समितिको बिहीबार बसेको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । अब मन्त्रिपरिषद् बैठकले बढुवा निर्णय गर्नेछ । 
null

salt training

कमेन्ट गर्नुहोस्