२८ जेठ २०८३, बिहीबार

रुपन्देहीको विभिन्न ठाउँबाट चोरी पैठारीको सामानसहित दुई वटा गाडी नियन्त्रणमा

बैशाख ४, २०८२
काठमाडौं
रुपन्देहीको विभिन्न ठाउँबाट चोरी पैठारीको सामानसहित दुई वटा गाडी नियन्त्रणमा

रुपन्देहीको विभिन्न ठाउँबाट चैत्र ४ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलले करिब १४ लाख ४ हजार ७ सय ६५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गबाट करिब ७ लाख ६४ हजार ५ सय ३५ रुपैयाँ बराबरको चिउरा तथा लत्ताकपडा बरामद गरेको हो ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ज ३७९६ नम्बरको बोलेरो पिकअप गाडीमा राखी लैजाँदै गरेको ६१ बोरा चिउरा र लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिइएको हो ।  

यसैगरी सोही उपमहानगरपालिका–१३ जितगढी स्थित पूर्वपश्चिम लोकमार्गबाट करिब ६ लाख ४० हजार २ सय ३० रुपैयाँ बराबरको सामानसहित गाडी नियन्त्रणमा लिइएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ५६२० नम्बरको गाडीमा राखी ल्याउँदै गरेको लत्ताकपडा तथा जुत्ता चप्पलसहित उक्त गाडी नियन्त्रणमा लिइएको हो ।

बरामद सामान तथा दुई वटै गाडी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । बरामद सामानको मूल्य १४ लाख ४ हजार ७ सय ६५ रुपैयाँ र दुई वटै गाडीको मूल्य २२ लाख गरी जम्मा भन्सार दाखिला मूल्य ३६ लाख ४ हजार ७ सय ६५ रुपैयाँ कायम गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्