१९ असार २०८३, शुक्रबार

करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ

बैशाख ५, २०८२
काठमाडौं
करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ

बाराका दुई स्थानबाट करिब ३६५ किलोग्राम अवैध लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट करिब ३०५ किलोग्रामसहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जीवन ठोकर रहेका छन् । 

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जीवनलाई ना ३३ प ७४६९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । 

यसैगरी, बाराकै पचरौता नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्रामसहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको  हो । 
 

salt training

कमेन्ट गर्नुहोस्