१२ असार २०८३, शुक्रबार

टिपरले मोटरसाइकललाई उछिन्ने क्रममा भयो दुर्घटना, एकको मृत्यु

कात्तिक २०, २०७४
टिपरले मोटरसाइकललाई उछिन्ने क्रममा भयो दुर्घटना, एकको मृत्यु

बनेपा, ५ माघ - काभ्रेपलाञ्चोकको भीमखोरी–२ कालढुङ्गामा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक मेच्छे–३ बस्ने १६ वर्षीय अजय लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।accident

बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ४७१४ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ६९ प ६९२० नं को मोटरसाइकललाई उछिन्ने क्रममा ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । दुर्घटनामा संलग्न टिपरका चालक डाँडागाउँ गाविसका छुल्टिम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्