०३ असार २०८३, बुधबार

नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश

बैशाख ५, २०८२
काठमाडौं
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश

नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य रहित साहसहितका नेताहरू नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत बहादुरगञ्जमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादीमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका पूर्ववडा अध्यक्ष सञ्जय गुप्ता र नेकपा एमालेका पूर्ववडा अध्यक्ष मसरोफ आलम पनि छन् । साथै अन्य स्थानीय नेताहरू रहेका जनाइएको छ ।

बहादुरगञ्जमा  भएको कार्यक्रमको शुरूआतमा अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको उद्देश्य, तराई–मधेशको विकास, हुलाकी राजमार्गको भूमिका र सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानमा पार्टीको दृष्टिकोण प्रस्तुत गरेका छन् ।

उनले माओवादी नेतृत्वको सरकार परिवर्तन प्रकृया नै गैरकानूनी भएको बताए । 'मैले भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान शुरू गर्दागर्दै, रातको अँध्यारोमा सहमति गरेर सरकार ढालियो । तपाईंहरूले संख्याको बलमा अलोकतान्त्रिक रूपमा हटाउनुभयो, तर म जनतामा जान्छु र जनताको मतको बलमा पुनः फर्कन्छु। भ्रष्टहरूलाई छोडिन्न भनेर भनेको छु,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्