२९ असार २०८३, सोमबार

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन

बैशाख ५, २०८२
काठमाडौं
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी थप व्यवस्थित गर्न निर्देशन दिएकी छिन् ।

वार्षिक रु २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल-चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले उक्त निर्देशन दिएकी हुन् ।

यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा. राणाले बताइन् । 

पर्यटन प्रवर्द्धनका हिसाबले पनि नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो ।

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने बताइन् । 

यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्