१५ असार २०८३, सोमबार
लाइफलाइन बनिरहेको सडक

उपत्यकाको ट्राफिक व्यवस्थापनमा उपयुक्त विकल्प बन्दै करिडोर सडक [फोटोफिचर]

बैशाख ६, २०८२
काठमाडौं
उपत्यकाको ट्राफिक व्यवस्थापनमा उपयुक्त विकल्प बन्दै करिडोर सडक [फोटोफिचर]

काठमाडौं उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका लागि अहिले भइरहेका सडक साँघुरो हुँदै गएका छन् भने त्यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको छ । 

यही समस्या र चुनौतीलाई व्यवस्थापन गर्न सरकारले अर्बौं खर्च गरेर करिडोर सडकहरूको विकास र विस्तार गरिएको छ  । कार्यालय समयमा उपत्यकाको चोक-चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बन्दै गएको छ । 

त्यति मात्र नभएर काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापनका र भित्री बस्तीका लागि एक प्रकारको ‘लाइफलाइन’ नै बनिरहेको छ।

null

अहिले उपत्यकाको धोबीखोला, बागमती, विष्णुमति, मनोहरा, नक्खुखोला करिडोर सडक वैकल्पिक रूपमा सर्वसाधारणले प्रयोग गर्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला आउजाउ गर्न सहज समेत भएको छ ।

यसरी अर्बौं खर्च गरी विस्तार गरिएको करिडोर सडक त्रुटिविहिन भने छैन । मूल सडकमा निर्माण गरिएको पुल होचो हुँदा ठूला सवारी साधनले करिडोर सडक प्रयोग गर्ने अवस्था छैन । त्यस्तै, अविरल वर्षा हुँदा खोलाको बहाव बढ्छ । बस्तीबाट आएको ढलका कारण प्रायजसो सबै करिडोरका पुलमुनिदेखि जलमग्न हुन्छ र हरेक वर्ष जस्तै सवारी साधनहरू फस्ने गरेको देखिन्छ । 

करिडोर निर्माणअघि नै बनेका पुलहरू भएकाले मुनिबाट अर्को बाटो निकाल्ने परिकल्पना तिनीहरूको डिजाइनमा छैन। त्यसैले यस्तो समस्या भएको विज्ञहरूको भनाइ छ।

null

यस्तो समस्या भइरहेको स्थानमा सरकारले शहरी पूर्वाधारमा एकीकृत करिडोर बनाउने घोषणा समेत गरेको छ । तर, भएका करिडोरको समस्या भने उस्तै छ । जसमा कतिपय सडक खोलाको सतहभन्दा तल भएकाले जहिले पानी जम्ने गरेका छन् । जसमा थापाथली पुल, ग्वार्को पुल, बल्खु पुलमुनी जहिल्यै पानी जमिरहेको हुन्छ । किनभने हरेक पुलमुनि करिडोरको ‘एप्रोच वे’ खोल्दा खोलाको सतहभन्दा तल हुने गरेको इन्जिनियरहरू बताउँछन् ।

त्यो अवस्था हामी दैनिक रूपमा ती करिडोर हुँदै यात्रा गर्दा देखिन्छ । यसका प्राविधिक पक्षहरूलाई सुधार गर्ने हो भने करिडोर सडक उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि उपयुक्त विकल्प हुने छ । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्