
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शनिबार साँझ छलफलमा जुटेका हुन् ।
शनिबार साँझ बालुवाटारमा शुरू भएको बैठकमा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शीर्ष नेताको बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् ।