
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रमाथि कुनै किसिमको खतरा नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले गणतन्त्र सुदृढ हुँदै गएको बताए ।
प्रमुख ३ दलका शीर्ष नेताको हिजोको बैठक शान्ति प्रक्रियासँग सम्बन्धित रहेको उनको भनाइ थियो ।
‘हिजोको बैठकमा प्रधानमन्त्रीज्यूले गणतन्त्रका विषयमा कुरा उठाउनुभएको हो,’ उनले भने ‘गणतन्त्रका विषयमा कसैको २ मत छैन, पहिलादेखि नै सहमति छ ।’
उनले गणतन्त्र खतरामा छ भन्ने भाष्य स्थापित गर्न खोजिएको बताए । ‘जनमतको दृष्टिकोणले पनि गणतन्त्र खतरा छ भन्ने देखिँदैन,' उनले भने ।
प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बने सघाउने, तर अहिलेको गठबन्धनलाई नसघाउने बताए ।
'विश्वासको मतका बेला भनेको थिएँ– कांग्रेस ठूलो दल भएकाले सघाउँछौ भनेर, अहिले कांग्रेस–एमालेभित्र पनि सरकारका विषयमा नकारात्मक कुरा आइरहेको छ ।'