
गएराति रिहा भएका राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने भएका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए ।
उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् ।
क्यान्सरको उपचारकै लागि भनेर प्रहरीले उनलाई गएराति रिहा गरेको थियो । उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ ।