०१ साउन २०८३, शुक्रबार

तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

बैशाख ९, २०८२
काठमाडौं
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

काठमाडौंको तीनकुनेमा गएको चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनमा सहभागी भई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ६ नयाँवस्तीका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

रायमाझी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।

तीनकुनेमा आगजनी एवं तोडफोड घटनामा संलग्न भएको आरोपमा रायमाझसहित ७४ जना थुनामा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेरसहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्