१३ असार २०८३, शनिबार

तीनकुने घटनाका थप एक जना आरोपी पक्राउ

बैशाख १०, २०८२
काठमाडौं
तीनकुने घटनाका थप एक जना आरोपी पक्राउ

चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका थप एक आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-३ बस्ने ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका-१३ साँगाबाट बुधबार पक्राउ गरेको हो ।

राज्यविरुद्ध र संगठित अपराध एवं आपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दामा फरार रहेका थापालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको एसपी जिसीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्