२४ जेठ २०८३, आइतबार
सावधानी अपनाउन आग्रह

आज र भोलि तराईंका धेरै ठाउँमा अत्यधिक गर्मी हुने, लुम्बिनीमा तातो हावाको लहर

बैशाख ११, २०८२
काठमाडौं
आज र भोलि तराईंका धेरै ठाउँमा अत्यधिक गर्मी हुने, लुम्बिनीमा तातो हावाको लहर

तराईंका धेरै ठाउँमा आज (बिहीबार) र भोलि (शुक्रबार) अत्यधिक गर्मी हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईंका धेरै ठाउँमा अत्यधिक गर्मीको सम्भावना छ ।

महाशाखाका अनुसार लुम्बिनीका थोरै ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको छ । लुम्बिनीका तराईंका भेगमा तातो हावा तथा तातो लहरकोसमेत सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

साथै मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ । 

विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपाय अपनाउन हुन अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ । 

यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्