२३ जेठ २०८३, शनिबार

आतंककारीको आक्रमणमा मारिएका सुदिपको शव बुटवल ल्याइयो

बैशाख ११, २०८२
बुटवल
आतंककारीको आक्रमणमा मारिएका सुदिपको शव बुटवल ल्याइयो
आमा र बहिनीसँग सुदीप ।

भारतको जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बिहीबार बिहान बुटवलस्थित घरमा ल्याइएको छ । 

रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले सुनौली नाका हुँदै सुदीपको शव बिहीबार बिहान घरमा ल्याइएको जानकारी दिए । 

उनको पार्थिव शरीर बिहीबार नै अन्त्येष्टि गर्ने तयारी छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ घर भए पनि उनी बुटवल ११ मा बस्दै आएका थिए ।

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीर गएका बुटवलका युवा सुदीप न्यौपानेको आतंककारी हमलामा ज्यान गएको थियो । 

आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्